पर्सा – व्यक्तिगत घटना दर्ता सप्ताह अभियान अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिकामा बिहीबार प्रभातफेरि ¥याली निकालिएको छ ।
पर्सा गाउँपालिका पन्जिकरण तथा सामाजिक सुरक्षा शाखाको आयोजनामा ¥याली निकालिएको हो । ¥यालीमा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी लगायत सहभागी भएका छन् ।
बैशाख १ गतेदेखि एक सातासम्म व्यक्तिगत घटना दर्ता सप्ताह अभियान जिल्लाको २० वटै पालिकामा सुरु हुँदैछ । ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता गराउनुपर्ने भएपनि त्यसो नहुने गरेकाले जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ताजस्ता व्यक्तिगत घटना दर्ता वडा कार्यालयमा आएर गराउन सचेत गराउने उद्देश्यले सप्ताह अभियान संचालन गर्न लागिएको हो ।