मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवामा दोषीलाई हदैसम्मको कारवाहीको माग राख्दै प्रदर्शन गरिएको छ ।
उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष रहनुभएका जितेन्द्र भनिने उपेन्द्र हजराको हत्यामा संलग्नलाई कारवाहीको माग राख्दै बिहीबार दलित समुदायको तर्फबाट प्रदर्शन भएको हो । हजरा केही साताअघि घर छेउकै लहरी बारीमा मृत फेला परेका थिए ।
प्रहरीले उनको हत्यामा संलग्न भएको भन्दै एक दम्पत्तिलाई पक्राउ गरेको छ । यस सम्वन्धको मुद्दा सर्लाही जिल्ला अदालतमा थुनछेक बहसमै छ ।
हत्यामा संलग्नलाई छाड्ने र मुद्दा दबाउने प्रयास भइरहेकाले आफूहरुले दबाब सिर्जना गर्ने उद्देश्यले जिल्ला अदालत अगाडि शान्तिपूर्ण र्यालीसहित प्रदर्शन गरेको दलित अगुवा राजाराम पासवानले बताए ।