logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बिहानैदेखि तापक्रम बढ्दै, गर्मी पनि बढ्नेक्रममा


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा बिहानैदेखि तापक्रम बढ्न थालेको छ ।

बिहानैदेखि चर्को घाम लाग्न थाल्दा सर्वसाधारणले गर्मी निरन्तर बढ्न थालेको महशुस गरिरहेका छन् । बिहान ७/८ बजेतिर नै तापक्रम २५ डिग्री सेल्यीयसको हाराहारीमा पुग्न थालेको छ । मध्यान्ह र दिउँसोपख तापक्रम अझ बढेर ३३/३४ डिग्री सेल्सीयस पुग्न थालिसकेको छ ।

सर्लाहीमा सोमबार पनि बिहानैदेखि चर्को घाम छ । रातको समयमा हल्का चिसो हुनुबाहेक अरु बेला सर्लाहीमा गर्मी चढिसकेको हो ।

सर्लाहीमा केही दिनदेखि पानी पर्न पुनः रोकिएको छ । मौसम उघ्रिएकै मौका पारेर किसानले धमाधम गहुँ र अन्य हिउँदे बाली भित्याइरहेका छन् । सिँचाईको सुविधा रहेको ठाउँमा केही किसानले चैते धान रोपिरहेका छन् ।

आकाशे वर्षाको भरमा खेती गर्ने यहाँका किसानले खेतमा मकै रोपिसकेका छन् भने अब पानी परेपछि बैशाख लाग्नासाथ बारीमा पनि मकै रोप्ने तयारी गरेका छन् ।

पानी पर्न रोकिँदा यहाँ धुलो धुँवाको प्रदुषण बढेको छ । केही वन क्षेत्रमा डढेलो पनि लागिरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।