logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बस्ती नजिकै लागेको डढेलो सेना र स्थानीयले निभाए


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा बस्ती नजिकको वनमा लागेको डढेलो स्थानीय र नेपाली सेना भएर निभाएका छन् ।

चुरेपाखास्थित पशुपति सामुदायिक वन समूह कर्मैयामा लागेको डढेलो बिहीबार बिहान स्थानीय र भैरवी दल गण पाँचकुमारी ब्यारेकबाट खटिएको सेनाको टोलीले निभाएको हो । पशुपति सामुदायिक वनका अध्यक्ष बद्रीकुमार खड्का, नजिकैको हरिहर सामुदायिक वनका अध्यक्ष भिमसेन थापा, समाजसेवी पूर्णबहादुर पाण्डेसहितको नेतृत्वमा खटिएका आफूहरु र नेपाली सेनाका सेनानी उमेश राईको नेतृत्वमा खटिएको नेपाली सेनाको संयुक्त टोली भएर डढेलो निभाइएको स्थानीय प्रकाश केसीले जानकारी दिए ।

सामुदायिक वनसँगै जोडिएका गाउँ बस्ती र अन्य संरचनामा ठूलो नोक्सानी हुने देखिएपछि सेनासँग समन्वय गरी डढेलो निभाउने काम गरिएको केसीले बताए । सुक्खापन बढ्दै जाँदा सर्लाहीको विभिन्न वन क्षेत्रमा अहिले फेरि डढेलो लाग्न थालेको छ ।