logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कौडेना फिडरको स्वीच केबल पडकियो, पश्चिमी क्षेत्रमा बत्ती अवरुद्ध


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

कौडेना – सर्लाहीको कौडेनास्थित फिडरमा स्वीच केबल पड्किँदा कौडेनादेखि पश्चिमी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

राति एक्कासी फिडरको स्वीच जलेपछि कौडेना फिडरबाट विद्युत् आपूर्ति हुने कौडेनासहित गडहीया, बलरा, रामनगरलगायत क्षेत्रमा विद्युत् अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले स्वीच केबल मर्मतका लागि प्राविधिक परिचालन भइसकेका जनाएको छ ।

बत्ती अवरुद्ध हुँदा मलंगवादेखि पश्चिम तर्फका भेगमा बिजुलीबाट हुने सम्पूर्ण काम रोकिएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।