logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कविलासी र मलंगवाबाट स्रोत नखुलेको रकमसहित चार जना पक्राउ


  • उज्यालो अभियान

कविलासी – सर्लाहीको कविलासीबाट स्रोत नखुलेको रकमसहित तीन जना पक्राउ परेका छन् ।

बुधबार सशस्त्र प्रहरी बल नम्बर १० गणबाट खटिएको टोलीले कविलासी नगरपालिका–८ अगर्वाबाट तीन जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धी साह सोनार, रूपन्देहीका ३५ वर्षीय राजेश बानियाँ र भारत घर भई वीरगंज महानगरपालिका–१९ बस्ने १९ वर्षीय अनिल साहलाई पक्राउ गरेको हो ।

उनीहरूबाट पाँच लाख भारतीय नगद र ५ लाख नेपाली नगद बरामद गरेको हो । तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यसैबीच, मलंगवाबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका–८ भन्सार सीमा इलाकाबाट ३ लाख २० हजार नगदसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो । भारतका २७ वर्षीय राकेशकुमार तिवारीलाई सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बिआर ३० ए ए ३४५५ नम्बरको मोटरसाइकलमा सवार उनीबाट उक्त रकम फेला परेको हो ।