logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रुखले च्यापिएर मृत्यु घटना : मृतक भारतीय महिला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

खुटौना – सदरमुकाम मलंगवास्थित खुटौनामा सोमबार मध्यान्ह रुखले च्यापिएर मृत्यु भएकी महिला भारतीय रहेको खुलेको छ ।

खुटौनास्थित बाटो छेउको रुख ढाल्दै गर्दा अचानक रुख ढलेर किच्दा भारत सीतामढीकी ५० वर्षीया तुरन्ती देवीको मृत्यु भएको हो । भारतबाट आफन्तकोमा चिम्तो गर्न आउँदा उहाँ काट्दै गरेको रुख अचानक ढल्दा च्यापिएर ज्यान गएको प्रहरीले जनायो ।

रुख ढाल्दै गरेका व्यक्ति अझै फरार रहेका र उनको खोजी जारी रहेको डीएसपी कैलाश राईले उज्यालो अभियानसँग बताए ।