logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा निर्वाचित महिला जनप्रतिनिधिलाई प्रशिक्षण


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/ हरिवन – सर्लाहीको हरिवनमा लैङ्गिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि चौथो चरणको प्रारम्भिक प्रशिक्षण सम्पन्न भएको छ ।

हरिवन नगरपालिका ११ हरिवनस्थित सम्राट होटलमा चैत १४ गतेबाट सुरु भएको ४ दिने प्रशिक्षण शुक्रबार सम्पन्न भएको हो । आइफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग (एसडिसी), अष्ट्रेलियन सरकारको आर्थिक सहयोग र माण्डवीको आयोजनामा हरिवन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाइ प्रशिक्षण दिइएको हो ।

शी लिड्स तालिमको यस चौथो मोड्यूलको प्रशिक्षणले सहभागीहरुको नेतृत्वदायी भूमिकालाई निरन्तरता, आत्मविश्वास र सीपलाई अझ निखार्दै भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने बिश्वास लिएको माण्डवीका जिल्ला कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए । प्रशिक्षणमा सहभागीलाई रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरेको माण्डवीका जिल्ला कार्यक्रम अधित्रृmत श्रेष्ठले बताए ।

प्रशिक्षणमा ब्यक्तिगत उद्यमशिलता, स्थानिय सरकारको योजना तर्जुमा कार्यान्वयन र अनुगमन, स्थानिय सरकारको बजेट निर्माण प्रकृया, वार्ता, शक्तिको परिचय शक्तिको मान, पैरवीको परिचय सम्बन्धि बिषयमा प्रशिक्षण दिइएको थियो । यस्तै प्रशिक्षण प्रशिक्षणको क्रममा तारा बिश्वकर्माको संयोजकत्वमा २१ सदस्यीय हरिवन जनप्रतिनिधि महिला संजाल समेत गठन गरिएको छ । सो समितिको सचिवमा सोनी गुर्मछानलगायत अन्य छन् ।

हरिवन नगरपालिकाका उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रमको समान गरिएको हो । उपप्रमुख घलानले आगामी आर्थिक बर्ष यस महिला संजालले माग गरेका कुरालाइ सम्बोधन गरिने प्रतिबद्धता जनाईन् । उनले योजना तर्जुमा र बजेट सम्बन्धि तालिममा समेत नगरपालिकाले सहकार्य गर्ने बताए ।

माण्डवीका जिल्ला कार्यक्रम अधिकृत श्रेष्ठका अनुसार सर्लाहीमा यस परियोजनाले पाँचवटा पालिकामा कार्यक्रम संचालन गरिरहेको छ । जसमध्ये कविलासी, हरिपुर्वा, हरिवन र बरहथवामा सम्पन्न भइसकेको छ भने आगामी १९ गते आइतवारबाट बागमती नगरपालिकामा प्रशिक्षण सुरु हुनेछ । परियोजनाले मुख्यतः कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समग्र नेतृत्व क्षमता सुदृढ गर्ने लक्ष्य लिएको कार्यक्रम अधिकृत श्रेष्ठले बताउनुभएको छ ।