logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज पहिलो दिनको एसइइमा ९६ परीक्षार्थी अनुपस्थित


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा – सर्लाहीमा शुक्रबार पहिलो दिनको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ९६ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका अनुसार एसइइका लागि १० हजार ९१६ जना परीक्षार्थीले फारम भरेकोमा पहिलो दिन भएको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा १० हजार ८२० जना मात्रै सहभागी भएका हुन् । ४६ जना छात्र र ५० जना छात्रा परीक्षा दिन नआएका शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका निमित्त इकाइ प्रमुख अशोककुमार रौनियारले बताए ।

रौनियारका अनुसार नियमिततर्फ १० हजार ५१५, ग्रेडवृद्धितर्फ १२४, प्राविधिकतर्फ १८१ सहित पहिलो दिनको परीक्षामा १० हजार ८२० जना परीक्षार्थी परीक्षामा सामेल भएका हुन् ।

जिल्लाको ३७ वटै परीक्षा केन्द्रमा शुक्रबार पहिलो दिनको परीक्षा शान्तपूर्वक सम्पन्न भएको सर्लाही प्रहरीका उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।