प्रतिकात्मक तस्बीर ।
मलंगवा – सर्लाहीको चक्रघट्टामा घरमा छटपटाइरहेकी एक बालिकालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् ।
चक्रघट्टा गाउँपालिका–९, खोरिया बस्ने पचु साहकी छोरी १४ वर्षीया पूजा कुमारीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । बालिका गएसाँझ आफ्नै घरमा दियो बाल्नेक्रममा अचानक छट्पटाउन थालेपछि उपचारका लागि सदरमुकाम मलंगवास्थित ब्रम्हभूमी अस्पताल ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बालिकाको मृत्यु कुनै शंकास्पद नदेखिएको बताए । उनले घटनाबारे थप बुझ्न आज बिहान जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा प्रहरी टोली चक्रघट्टा पठाइएको बताए ।