logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमतीमा यात्रुबस दुर्घटना, ७ जना घाइते


  • उज्यालो अभियान

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका ११ स्थित इलाका प्रहरी कार्यालय अगाडि मंगलबार बिहान यात्रुबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

जनकपुरबाट वीरगन्ज गइरहेको मे १ ख २०९३ नम्वरको बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई उत्तरतर्फको ढिस्कोमा गएर ठोक्किएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

बस विपरीत दिशातर्फ गएर ठोक्किँदा अगाडिबाट तत्काल अर्को सवारी नआएकाले गम्भीर क्षति टरेको प्रहरीले जनाएको छ । घाइते ७ जनामध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् भने केहीको उपचार जारी छ ।