logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आत्महत्या घटाउन श्रीनगरमा छलफल


  • उज्यालो अभियान

श्रीनगर  – सर्लाहीको ईश्वरपुर नगरपालिका–१४ श्रीनगरमा मंगलबार मौलिक हक तथा जिविकोपार्जन सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सो स्थानमा अत्यधिक मात्रामा आत्महत्याको घटना बढेपछि आज ग्रामीण नारी उत्थान संघसँग सहजीकरण गरी जय माँ महारानी बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रम राखेको हो ।
ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय केशरगन्जका वरिष्ठ प्रहरी नायब निरीक्षक वुद्धिसागर हमालसहित स्थानीय अगुवालगायतको उपस्थितिमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र जिविकोपार्जनका साथै आत्महत्या न्यूनिकरणका सम्वन्धमा छलफल भएको आयोजक ग्रामीण नारी उत्थान संघले जनाएको छ ।

श्रीनगर क्षेत्रमा पछिल्लो समय आत्महत्याको घटना बढ्दा स्थानीय निराश छन् ।