logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपुरमा मुसहर महिला लैङ्गिक उत्तरदायी बजेट सम्बन्धमा प्रशिक्षण


  • उज्यालो अभियान

हरिपुर – अन्डेफ को आर्थिक सहयोग तथा साप नेपालको आयोजनामा संचालित नेपालको स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धन कार्यक्रम अन्तगर्त सर्लाहीको हरिपुर नगरपालिका–७ को चितइन मुसहर वस्तीमा गठन भएको मुसहर महिला सशक्तिकरण मञ्चका सदस्यहरुलाई ५ दिनको रिफलेक्ट कक्षा सम्पन्न गरिएको छ ।

हरिपुर नगरपालिक वडा नं ७ का वडा अध्यक्ष मनोज कुमार चौधरीे प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा नगर स्तरीय मुसहर महिला सशक्तिकरण संजालकी अध्यक्ष लगाएत ४० जनाको सहभागीता रहेको थियो । रिफलेक्ट कक्षामा मुसहर महिलाको लैङ्गिक तथा नेतृत्व विकास महिला सशक्तीकरण, स्थानिय योजना तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धमा सचेतना, आय आर्जन तथा जिविका सुधार, समुह तथा बचत व्यवस्थापन सम्बन्धि सचेतना, बचतको फाईदा महत्व बारे सचेतना गरिएको थियो ।

प्रशिक्षणमा साप नेपालको सिनियर फिल्ड सुपरभाइजर मनोज कुमार पासवानले सहजिकरण गरेका थिए । प्रशिक्षणको क्रममा मुसहर समुदायको समस्या,समस्याको विश्लेषण,योजना निर्माण,योजना माग गरेर स्थानीय सरकारमा पेश गर्ने,आयआर्जन तथा जिविकोपार्जनमा सुधारको लागि नगरपालिका पशु शाखा कृषि शाखामा समुन्वय गर्ने, सहकारी र बचतको फाइदा बारे छलफल प्रशिक्षण गरिएको हो ।

कार्यक्रममा मुसहर महिला सशक्तिकरण मञ्च चिताईनकी अध्यक्ष उर्मिला देवी माझीले साप नेपालको कार्यक्रम संचालन गरेपछि मुसहर समुदाको शिक्षा र चेतनाको ढोका खोलेको बताइन । पहिले मुसहर टोलका बालबालिका भट्टाको सिजनमा अभिभावक संगै जिल्ला बाहिर ईटाभटामा काम गर्न जाने गरेकोले अधिकाँस बालबालिका पढन बाट बन्चित थिए । अहिले संस्थाले दिएको तालिम तथा चेतनाको कारण बालबालिकाहरु ईटा भट्टामा नगएर विद्यालय जाने गरेको बताउँछिन ।

नगर स्तरीय मुसहर महिला सशक्तिकरण संजालकी अध्यक्ष लक्ष्मी पासवान पहिले शिक्षा र चेतनाको कमीले जन्म दर्ता थिएन पछि संस्था र समुहको सहयोगमा जन्म दर्ता गरेर बिद्यालयमा भर्ना गरेको बताउँछिन । अहिले कार्यक्रम संचालन गरेको सबै वडामा मुसहर बालबालिकाहरुको जन्म दर्ता गरेर बिद्यालय भर्ना गरेको छ । हाल जुटपानी, पिडारी, लक्ष्मिपुर, असन्वा, चिताईका करिव १ सय भन्दा बढिको जन्म दर्ता गराएर बिद्यालय भर्ना गरेको मुसहर अगुवा तथा फिल्ड सुपरभाइजर मनोज कुमार पासवानले बताए । हाल अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सरसफाइ गराई नियमित विद्यालय पठाउँदै आएका छन् ।

मुसहर समुदायका महिलाहरुले तालिममा सहभगी हुदा तालिमको खाजा वापत प्राप्त रकमवाट हाँस कुकुरा,पाडा पाडी, बाख्रा तथा बंगुर किने र आम्दानी बढाएको समुहकी कोषध्यक्षले बताईन । उनले बालबालिकाहरुलाई जन्मदर्ता दिलाउनमा साप नेपालले सहयोग गरेबो बताउदै धन्यवाद दिईन ।

हरिपुर नगरपालिका वडा नं ७ का अध्यक्ष मनोज कुमार चौधरीले मुसहर समुदायको महिलाहरुमा आएको सकारात्मक परिवर्तन प्रति खुशी व्यक्त गरे । हाल महिलाहरु आफ्नो समुदायको समस्याहरुको बारेमा सरोकारवाला संग बोल्न सक्ने,आफनो अधिकार प्रति सचेत भएको, जन्मदर्ता, नागरिकता बनाउन सक्षम भएका बताए ।

धेरै महिलाहरु आफनो बालबलिका प्रति सजक भइ जन्मदर्ता बनाउने विद्यालय पठाउने सरसफाइमा ध्यान दिने गरेको बताए । साप नेपालले मुसहर महिलाहरुको आर्थिक समाजिक तथा शैक्षिक चेतना स्तर बडाएर जागरुको गराएको प्रति धन्यवाद ज्ञापन गरे ।