logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलरामा सवस्टेशनबाट तार चोर्ने पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

बलरा – सर्लाहीको बलरामा निर्माणाधीन विद्युत् सवस्टेशनबाट चोरी भएको तामाको तार प्रहरीले बरामद गरेको छ ।

प्रहरीले सोमबार बिहान बलरा नगरपालिका–८, स्थित हुलाकी राजमार्गको बालुवाभारमा लुकाइछिपाइ राखिएको अवस्थामा १६ बोरा तामाको तार बरामद गरेको हो । हुलाकी राजमार्ग नजिकै निर्माण भइरहेको विद्युत् सवस्टेशनबाट तामाको तार चोरी भएको सूचना पाए लगत्तै खटिएको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी विष्णुपुर–११, बस्ने १९ वर्षीय साजनकुमार सोनी रहेका छन् । सोनीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याइएको छ ।