प्रतिकात्मक तस्बीर ।
मलंगवा – सर्लाहीको मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा आज ७ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले सूचना निकालेर आज बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती काटिने जनाएको हो । नवलपुर–मलंगवा ३३ केभी लाईन मर्मत गर्नुपर्ने भएकाले यो अवधिमा बत्ती नआउने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रायः शनिवारको दिन पारेर मर्मत सम्भारको काम गर्दै आइरहेको छ ।