लालबन्दी – एनएमबी बैंक लालबन्दी शाखाले शुक्रबार एभरेष्ट आवासिय विद्यालयका विद्यार्थीलाई साक्षरता कार्यक्रम अन्तर्गत सचेतना प्रदान गरेको छ ।
राष्ट्र बैंककले अहिले प्रत्येक बैंक तथा वित्तीय संस्थालाई विद्यार्थी समक्ष पुगी वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न निर्देशन दिए बमोजिम बैंकको लालबन्दी शाखाले लालबन्दी ५ मा रहेको एभरेष्ट आवासिय विद्यालयका ४० जना विद्यार्थीलाई सहभागी गराई कार्यक्रम गरेको बैंकका शाखा प्रवन्धक अरुण आचार्यले जानकारी दिए ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीलाई सहभागी गराइएको हो । विद्यार्थीहरुलाई बचतको महत्वसहित बैंकिङ क्षेत्रको अन्य गतिविधि र सेवा सुविधाबारे प्रष्ट पारिएको शाखा प्रवन्धक आचार्यले बताए ।