logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

केही बजेट संशोधन र खानेपानी ऐन पारित गर्दै हरिपुरको ११ औँ नगरसभा सम्पन्न


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाको ११ औँ नगरसभा मंगलबार सम्पन्न भएको छ ।

गत असारमा सम्पन्न १० औँ नगरसभाले आर्थिक वर्ष २०७९÷०८० का लागि पारित गरेको नीति तथा कार्यक्रम र बजेटमा सामान्य संशोधन तथा खानेपानी व्यवस्थापन बोर्ड संचालन ऐन २०७९ पारित गर्दै नगरसभा सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले जानकारी दिए । सभाले कार्यपालिका बैठकबाट जारी भएको ८ वटा कार्यविधी समेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताए ।

भुजेलले यस भेगमा नमूनाका रुपमा खानेपानी विस्तार तथा एकद्धार प्रणालीमार्फत खानेपानी वितरण गर्नका लागि खानेपानी व्यवस्थापन बोर्ड संचालन ऐन ल्याइएको बताएका छन् ।

नगरसभामा नगरप्रमुख गोपाल पजियार, उपप्रमुख निलमदेवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत भुजेल, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यलगायतको उपस्थिति रहेको थियो ।