logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

चक्रघट्टामा महिलाको साथबाट दुई लाख लुटियो, एक जना पक्राउ


  • उज्यालो अभियान

चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा शुत्रबार बिहान एक महिलाको साथबाट २ लाख रुपैयाँ लुटिएको छ ।

बसबरिया गाउँपालिका–६, बस्ने नन्दकिशोर रामकी श्रीमती वर्ष २६ की अन्जली देवीमाथि लुटपाट भएको हो । अन्जली देवी माइती घर बरहथवा नगरपालिका १८ श्रीपुरमा पैसा पुर्याउन आउँदै गर्दा तीन जना अपरिचित मानिसले उनको साथबाट २ लाख रुपैयाँ लुटेर लगेको बताइएको छ ।

बिहान १०ः३० बजेतिर भएको भनिएको लुटपाटबारे प्रहरीमा भने दिउँसो २ बजे मात्रै जानकारी गराइएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको भनिएकामध्ये बसबरिया गाउँपालिका–६ बस्ने १८ वर्षीय धिरज साहलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।