मलंगवा – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को जिल्ला कार्य समिति विस्तार गरिएको छ ।
नेविसंघका जिल्ला सभापति धिरज दाहाले कार्य समितिका अन्य पदाधिकारी र सदस्यहरु मनोनित गरेका हुन् । सभापति दाहाकै मनोनयनका विषयमा विवाद भइरहेका बेला उनले अन्य पदाधिकारी र सदस्यहरु थप गरेका हुन् । बिना सल्लाह र छलफल जिल्लामा क्रियाशील अन्य विद्यार्थी नेतालाई पाखा लगाइँ नयाँ अनुहारका दाहालाई आफूखुसी नेविसंघको सभापति बनाइएको आरोप लगाइएको छ ।
आरोपकैबीच दाहाले बिहीबार आफ्नो टिम विस्तार गरेका हुन् । नेविसंघको उपसभापतिमा प्रवेश न्यौपाने लालबन्दी, कन्चन चालिसे लालबन्दी, आकाशकुमार मिश्र धनकौल र रोशन पाण्डे बागमतीलाई मनोनित गरिएको छ ।

त्यस्तै, सचिवमा रफि अहमद कौडेनालाई मनोनित गरिएको छ । त्यसैगरी सह–सचिवहरुमा सुनिल आचार्य लालबन्दी, मोहन चौधरी इश्वरपुर, सेख परबेज कविलासी, सन्जु कुमारी हरिपूर्वा, अन्जली माया बलसाया हरिवन र विष्णु मैनाली हरिवन तथा कोषाध्यक्षमा चाँदनी कुमारी मलंगवा मनोनित भएका हुन् ।
नेविसंघका जिल्ला सभापति दाहाले २० जना जिल्ला सदस्य पनि मनोनित गरेका छन् ।