logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जनहितको साधारण सभा सम्पन्न, अध्यक्षमा तिमल्सिना


  • उज्यालो अभियान

रानिगन्ज – सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्जमा रहेको जनहित बचत तथा ऋण सहकारी संस्थाको आइतबार १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष चेतप्रसाद तिमल्सिनाको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले पुनः चेतप्रसाद तिमल्सिनाकै अध्यक्षतामा ९ बाट ११ सदस्य बनाई संचालक समिति गठन गरेको छ ।

यसअघि रहेको समितिका पदाधिकारी र सदस्यलाई यथावत् राखी संचालक समितिको सदस्यमा विष्णु बहादुर अधिकारी र रेखा श्रेष्ठलाई थपिएको छ । यस्तै, लेखा समितिको सदस्यमा गोविन्द प्रसदा ढुंगेलको स्थानमा मिनबहादुर पूर्वछानेलाई राखिएको छ ।

गत आर्थिक वर्ष २०७८÷०७९ मा ६३ लाख ७८ हजार ६३२ रुपियाँ ३४ पैसा कूल कारोवार गरेको संस्थाले २० लाख २५ हजार १२८ रुपैयाँ १९ पैसा खूद मूनाफा आर्जन गरेको संस्थाका व्यवस्थापक प्रदीप तिमल्सिनाले जानकारी दिए ।