logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेसका ‘बागी’ अमरेश सिंहको जीत सूनिश्चित


  • उज्यालो अभियान

गोडैता – नेपाली कांग्रेसले टिकट नदिएपछि सर्लाही ४ को प्रतिनिधि सभा सदस्यमा ‘बागी’ उम्मेदवारी दिएका डा. अमरेश कुमार सिंहको जीत सुनिश्चित भएको छ ।

पछिल्लो पटक गणनाका लागि खन्याईएको मत मत्र मध्ये नेपाली कांग्रेसका उम्मेद्वार नागेन्द्र कुमार रायको पक्षमा खसेको मत पत्र गणना हुँदा उनको १७ हजार २६२ मत पुगेको छ । तर अमरेशको यसअघि नै १६ हजार ६८४ मत रहेको र उनको माछा छापमा मतदान भएको झण्डै थप २ हजार मतपत्र गणना हुन बाँकी रहेकाले अमरेशको जीत सुनिश्चत भएको हो । सदर र बदर मत मिलाउँदा तथा एकादुई मत यताउता भएपनि अमरेशले १ हजार भन्दा बढी मत प्राप्त गर्ने देखिएको एक सुरक्षा अधिकारीले जानकारी दिए ।

त्यहाँ कांग्रेसले पूर्व जिल्ला सभापति नागेन्द्र कुमार रायलाई टिकट दिएपछि सोही क्षेत्रमा निरन्तर जित्दै आएको डा. सिंहले स्वतन्त्र रुपमा बागी उम्मेद्वारी दिएका हुन् । साथै नेकपा माओवादी केन्द्रका नेता शिवपुजन रायले समेत आफ्नी छोरी मधुमाला कुमारी यादवलाई पनि प्रतिनिधि सभा सदस्यमा उठाएका थिए । अमरेशले मतगणनाको सूरुआत देखि नै अग्रता हाँसिल गरिरहेका थिए भने उनलाई कांग्रेसका उम्मेद्वार रायले पछ्याईरहेका थिए । तेस्रो अवस्थामा भने निरन्तर शिवपुजनकी छोरी मधुमाला रहेकी थिईन् ।

केही समयपछि नै मतगणना सम्पन्न हुने र आधिकारिक घोषणा हुने ४ नम्बर क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि पार्टी भित्र महासमिति सदस्य समेत रहेका र २०७० तथा २०७४ सालमा संघीय सांसद्को चुनाव समेत जितेका पार्टी भित्र संस्थापन ईतरका अमरेशलाई कांग्रेस संस्थापन पक्षका सोही क्षेत्र निवासी जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह र उनका सहोदर भाई मधेश प्रदेश उपसभापति एवं मधेश प्रदेश सरकारका पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले केही समय पहिला सम्पन्न पार्टीको महाधिवेशन प्रतिनिधिमा रोकेनन् मात्र प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन २०७९ मा टिकट समेत खोसेका थिए ।

यो पनि पढ्नोस्

चर्चित नेता डा. अमरेश सिफारिसमै परेनन्, सर्लाही कांग्रेसमा चरम निषेधकाे राजनीति