प्रतिकात्मक तस्बिर ।
ईश्वरपुर – सर्लाहीकाे ईश्वरपुर नगरपालिका-१२ अन्तर्गत पूर्व-पश्चिम राजमार्गकाे बाँके जंगलखण्डमा दुईवटा माेटरसाईकल एकआपसमा ठक्कर खाँदा दुईवटै माेटरसाईकलका चालककाे मृत्यु भएकाे छ ।
साेमबार साँढे ६ बजे प्रदेश नं.२-०३-००४ प. ७८८४ नम्बरको माेटरसाईकल र ज. ११ प ८१० नम्बरको माेटरसाईकल एक-आपसमा ठक्कर खाँदा दुबै माेटरसाईकल चालककाे मृत्यु भएकाे हाे । दुर्घटनामा परेर प्रदेश नं.२-०३-००४ प. ७८८४ माेटरसाईकलका चालक कलैया उपमहानपा-१६ निवासी ४५ वर्षीय कन्हाई चौधरी र ज. ११ प ८१० नम्बर माेटरसाईकल चालक महाेत्तरी जिल्ला बर्दिवास नपा-६ निवासी २५ वर्षीय सुनिल आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।
दुर्घटनामा परि प्रदेश नं. २-०३-००४ प ७८८४ माेटरसाईकल पछाडी सवार बाराकाे कलैया उमनपा-३, ब्रम्हपुरी निवासी ३२ वर्षीय अजय कुमार पटेललाई प्रादेशिक अस्पताल मलगंवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विरगंज तर्फ पठाइएको प्रहरीले जनाएकाे छ । त्यस्तै ज. ११ प ८१० माेटरसाईकलकाे पछाडी सवार महाेत्तरी जिल्ला बर्दिवास नपा-६ निवासी २४ वर्षीया रुबिना तामाङ र २४ वर्षीय युवराज राईकाे भने त्रिदेव हेल्थ केयर रानीगंजमा उपचार भईरहेको छ । दुर्घटनाबारे गम्भीर ढंगले अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।