logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिवन जेसिजले साताव्यापी कार्यक्रम गर्ने


  • उज्यालो अभियान

मंगलबार आयाेजित पत्रकार सम्मेलनमा उपस्थित हरिवन जेसिजका पदाधिकारीहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – हरिवन सिटि जेसिजले जेसिज सप्ताह २०२२ अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्ने भएकाे छ ।

मंगलबार दिउँसाे पत्रकार सम्मेलन गर्दै जेसिजले कार्यक्रमबारे जानकारी गराएकाे हाे । जेसिजका संस्थापक अध्यक्ष विनाेद महत, उपाध्यक्ष निरज कार्की, महासचिब श्रवण भट्टराई लगायत पदाधिकारीले कार्यक्रमबारे जानकारी दिएका थिए ।

आगामी विहिबार उद्घाटन तथा हरिवन बजार स्थित पूर्व-पश्चिम राजमार्गकाे ३ स्थानमा ´जेब्रा क्रसिङ` पेण्ट गर्ने, शुक्रबार हरिवनकाे कैलाशपुरी स्थित मानव सेवा आश्रममा खाद्यान्न सहयाेग गर्ने, लागूऔषध दुर्व्यसनी विरुद्द सचेतना कार्यक्रम गर्ने, अशक्त भाेज बहादुर मगरलाई सहयाेग गर्ने, शनिबार हरिवन बजारमा रक्तदान कार्यक्रम तथा पत्रकारहरु र जेसिहरु बीच मैत्रिपूर्ण फूटबल प्रतियाेगिता आयाेजना गर्ने र आईतबार पुरस्कार वितरण सहित भव्य रूपमा समापन कार्यक्रम गरिने हरिवन सिटि जेसिजका अध्यक्ष महतले जानकारी दिए ।