logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लौकठबाट बरामद गरिएको पटका नष्ट


  • उज्यालो अभियान

बरहथवा – सशस्त्र प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१२, लौकठबाट बरामद गरेको पटका मंगलबार बिहान नष्ट गरिएको छ ।

सोमबार दिउँसो बरामद गरिएको पटका आज बिहान सशस्त्र प्रहरी बलको सुन्दरपुर चोकर्बास्थित बेश क्याम्पमा खाल्डोमा पुरेर नष्ट गरिएको हो । सशस्त्र प्रहरी निरीक्षक रामराजा बस्नेतको नेतृत्वमा खटिएको गस्ती टोलीले भारतबाट लुकाईछिपाई ल्याइएको पटका बरामद गरेको थियो ।

बरामद गरिएको करिव ३० हजार रुपैयाँ बराबरको पटका बरहथवा १५ का वडाध्यक्ष रामबहादुर चौधरी लगायतको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लामा अहिले तिहार सुरु भई छठ नजिकिँदै जाँदा विष्फोटक पदार्थ पटकाको प्रयोग निकै बढेको छ । प्रहरीले सकेसम्म यसको बिक्री वितरण तथा प्रयोगमा कडाई गरिरहेको दावी गरेको छ ।