logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ग्रामीण भेगको शिविरमा निःशुल्क औषधोपचार


  • उज्यालो अभियान

कालिन्जोर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ईश्वरपुर नगरपालिका र कालिन्जोरको वडा कार्यालयले मोडेल अस्पताल लालबन्दीसँग समन्वय गरी कालिन्जोरस्थित वडा कार्यालय घारिबथानको प्रांगणमा निःशुल्क उपचार, औषधिसहितको शिविर सम्पन्न गरेको हो । शिविरमा स्थानीय विभिन्न रोगका बिरामीले उपचार सेवा लिएका छन् ।

शिविरको उद्घाटन समारोहमा मेयर मनोजकुमार आचार्य, वडाध्यक्ष देविबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो । नगरपालिकाले यसअघि पनि मोडेल अस्पतालसँग समन्वय गरी विभिन्न वडामा निःशुल्क स्वास्थ्य शिविर राखेको थियो ।

मेयर आचार्यले यस किसिमको स्वास्थ्य शिविरलाई निरन्तरता दिने बताएका छन् ।