विरु घिसिङलाई सगुनको चेक तथा रकम जम्मा गरेको भौचर हस्तान्तरण गर्दै वडाध्यक्ष टम बहादुर घिसिङ । (तस्बिर : उज्यालो अभियान)
हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१, कोठीखोलाका पूर्ण अशक्त इन्द्रबहादुर घिसिङको नाममा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिवनमा खाता खोलेर २५ हजार रुपैंया जम्मा गरिएको छ ।
जननी–शैलेश फाउण्डेशनले घिसिङको सगुनमा खाता खोलिदिनुका साथै सो खातामा नगद २५ हजार समेत जम्मा गरिदिएको हो । वडाध्यक्ष टम बहादुर घिसिङको हातबाट पूर्ण अशक्त घिसिङका छोरा ७ वर्षीय बिरुकुमार घिसिङलाई घरमै पुगेर सगुनको चेक, रकम जम्मा गरेको भौचर प्रदान गरिएको फाउण्डेशनले जनाएको छ ।
नेपाली कांग्रेस हरिवन ८ का वडा सभापति रामहरि बुढाथोकी, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतको पनि सो कार्यक्रममा उपस्थिति रहेको थियो । हाल अमेरिकामा रहेका हरिवन निवासी शैलेश मैनाली र जननी श्रेष्ठले जननी–शैलेश फाउण्डेशन स्थापना गरि सो मार्फत विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।