logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

द्वन्द्व रुपान्तरणकाे जिल्ला स्तरीय बैठक सम्पन्न


  • उज्यालो अभियान

बैठकमा मन्तव्य राख्दै बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवाल । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा – प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रद्वारा संचालित प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण कार्यक्रम छैठौं चरण अन्तर्गत मंगलबार जिल्ला स्तरीय संवाद समितिको बैठक सर्लाही सदरमुकाम मलंगवामा बसेको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्रकुमार महतोको अध्यक्षता तथा बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालकाे प्रमुख आतिथ्यतामा जिससकै सभा हलमा बैठक बसेको हो । बैठकमा संस्थाको परिचय एवं संस्थाले गरेका गतिविधिबारे द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय श्रोत व्यक्ति पार्वती विश्वकर्माले प्रष्ट पारेकी थिईन् । कार्यक्रमकाे समयावधी केही समयपछि नै सकिन लागेकाे र समय थपिएर निरन्तरता हुने नहुने टंगाे नलागेकाे समेत विश्वकर्माले जानकारी दिईन् ।

जिसस उपप्रमुख महतो, बरहथवा नगरपालिकाकी प्रमुख कटुवाल, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय मलंगवाका प्रमुख भक्तकुमार लामा लगाएतले मन्तव्य राखेका थिए । उनिहरुले कार्यक्रमकाे समयाबधी थप हुनुपर्ने आवश्यकतामा जाेड दिए । कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महताे, मालपाेत प्रमुख पनिलाल राय लगायतकाे उपस्थिती रहेकाे थियाे ।