प्रतिकात्मक तस्बिर ।
हरिवन – ईंटाभट्टाकाे खाडलमा जमेकाे पानीमा डुबेर विहिबार दिउँसाे एक बालककाे मृत्यु भएकाे छ ।
हरिवन नगरपालिकाकाे घुर्काैली स्थित पत्थरकोटिया टोलमा मदन घिसिङ्ले सञ्चालन गर्दै आएको मिदास ईट्टाभट्टाको खाडलमा जमेको पानिमा डुबेर हरिवन नपा-६ निवासी रामचन्द्र महतोको छोरा १२ वर्षीय आकाश महतोकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ । भैसि चराउन जाँदा भैंसी खाल्डाेमा परेपछि निकाल्न खोज्दा सोही खाल्डाेमा डुबेर आकाशकाे मृत्यु भएको बताईएकाे छ ।
बालककाे शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएकाे प्रहरीले जनायाे ।