logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवामा ८४ जनाद्वारा रक्तदान


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवामा शनिबार ८४ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब अफ सर्लाही बरहथवाले आयोजना गरेको कार्यक्रममा ७९ जना पुरुष र पाँच जना महिला गरी ८४ जनाले रक्तदान गरेका हुन् । संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र वीरगञ्ज पठाइएको लायन्स क्लब अफ सर्लाही बरहथवाका अध्यक्ष अमरेन्द्र कुमार सिंहले उज्यालो अभियानसँग बताए ।

लायन्स क्लबले बरहथवाको स्थानीय मिथिला आदर्श युवा क्लब र आकाशदीप युवा क्लबसँग समन्वय गरी नेपाल बैंक लिमिटेड बरहथवाको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।