logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीमा कांग्रेसका अधिकारीले अग्रता बढाउँदै बुढाथोकीसँग मतान्तर थप फराकिलो पारे


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी नगरपालिकाको मेयरमा पार्टी केन्द्रीय कार्यालयले पटक–पटक पत्र पठाएर उम्मेद्वारी फिर्ता गरेपनि चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका बासुदेव अधिकारीले गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका नेता प्रल्लाद बुढाथोकीसँग मतान्तर थप फराकिलो पार्दै अग्रता लिईरहेका छन् । उपमेयरमा समेत कांग्रेसकी कल्पना पाख्रीनको अग्रता छ ।

लालबन्दीको वडा नम्बर ३ को मतगणना सम्पन्न भएको तथा वडा नम्बर १, २ र ४ को जारी मतगणना अन्तर्गत पछिल्लो परिणाम अनुसार मेयरतर्फ कांग्रेसका अधिकारीले एकहजार ८३२, माओवादीका बुढाथोकीले एकहजार ३६७ र नेकपा एमालेका गोविन्द महतले एकहजार ३५० मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ कांग्रेसकी पाख्रिनले एकहजार ७४४, सन्सरी माया थिङले एकहजार ४३७ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका गोविन्द अधिकारीले भने १८१ मत मात्र पाएका छन् ।

त्यहाँ माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ । कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेद्वार अधिकारीलाई उम्मेद्वारी छाड्न पटक–पटक लिखित पत्र पठाएका थिए ।

यो पनि पढ्नोस्

माओवादी अध्यक्ष प्रचण्डको चेतावनी, ‘लालबन्दीका कांग्रेसी नेता कार्यकर्ता कार्बाहीको भागिदार बन्नेछन्’
मेयर उम्मेद्वार अधिकारीकाे प्रचार प्रसारमा लालबन्दीका कांग्रेसी एकजुट, माओवादी कार्यकर्ता समेत प्रवेश गराउँदै