logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीको बसबरिया गाउँपालिकामा कांग्रेसका उम्मेदवारमाथि आक्रमण


  • उज्यालो अभियान

बसबरिया – जिल्लाको दक्षिण-पश्चिम भेगमा पर्ने बसबरिया गाउँपालिकामा नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार एवं गाउँपालिकाका निवर्तमान अध्यक्ष रामआयोध्या रायमाथि आक्रमण भएको छ ।

रायलाई वडा नं. १ मानपुरका कार्यकर्ता भेटघाट गर्न जाँदा आक्रमण भएको हो । विपक्षीबाट रायमाथि आक्रमण गरी ज्यानै लिनेसम्मको प्रयास भएको नेपाली कांग्रेसका नेता विनोद खनालले बताएका छन् ।

मानपुरस्थित जयलाल दासको घरमा बसिरहेका बेला आफूमाथि आक्रमण भएको र दुई वटा औँला भाँचिएको रायले बताए । उनले आफूलाई पेस्तोल निकालेर आक्रमणको समेत प्रयास भएको दावी गरेका छन् ।

रायलाई घर घेरा हालेर आक्रमण भएपछि प्रहरी पुगेर उद्धार गरेको थियो । घटनाका सम्वन्धमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनायो ।