प्रतिकात्मक तस्बीर ।
बागमती – मुलुकमै चर्चित सर्लाहीकाे बागमती स्थित मानव निर्मित तालमा नाबालिग छाेरी सहित हामफालेर एक महिलाले आत्महत्या गरेकी छिन् ।
राैतहटकाे चन्द्रपुर नगरपालिका-४ निवासी भाेला साहकी श्रीमती २६ वर्षीया रेखा साहले आफ्नी छाेरी ३ वर्षीया आराध्य सहित वागमती नगरपालिकाद्वारा निर्मित माछापाेखरीमा हामफालेकी हुन् । आईतबार बिहान साँढे ९ बजे हामफालेकी रेखा तथा उनकी छाेरी आराध्याकाे शव पाैने ११ बजे निकालिएकाे छ । उक्त पाेखरीमै माेटरबाेट चलाउने चालकहरुकाे सहयाेगमा आमाछाेरीकाे शव निकालिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले पाेखरीकाे डिलबाट मृतक महिलाकाे माेबाईल सेट र सल समेत फेला पारेकाे छ । पारिवारिक झैझगडा पश्चात उनी घरबाट निस्केकाे भन्ने बुझिएकाे प्रहरीले जनाएकाे छ । उक्त तालमा यसअघि पनि एक युवककाे डुबेर मृत्यु भएकाे थियाे ।