logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीबाट बिदा भए प्रहरी निरीक्षक थापा, प्रहरी निरीक्षक कार्की हाँजिर


  • उज्यालो अभियान

इलाका प्रहरी कार्यालय लालबन्दीमा सरुवा भई आएका नयाँ प्रहरी निरीक्षक शान्तराम कार्की (बायाँ) र लालबन्दीबाट सरुवा भएका प्रहरी निरीक्षक निर्मल थापा (दायाँ) ।

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) निर्मल थापा बुधबार बिदा भएर गएका छन् ।

महानगरिय प्रहरी वृत्त भक्तपुर सरुवा भएका थापा यहाँबाट बिदा भएर गएका हुन् । प्रहरी निरीक्षक थापालाई इलाका प्रहरी कार्यालय लालबन्दीसहित यहाँका विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुले खादा र अबिर पहिर्याएर बिदाई गरेका छन् ।

थापा १९ महिनासम्म लालबन्दी प्रहरीको प्रमुख भएर बसे । उनले आफू लालबन्दी प्रहरीको प्रमुख भएर बस्दा नगरभित्र शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।

यस्तै, लालबन्दीमा बुधबार नै नयाँ प्रहरी निरीक्षक (इन्स्पेक्टर) शान्तराम कार्की हाँजिर भएका छन् । प्रहरी निरीक्षक कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर लालबन्दी आइपुगेका हुन् ।

मंगलबार मात्रै ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरी बिदाभई प्रहरी निरीक्षक मुकेश ताम्राकार हाँजिर भएका छन् । यसैगरी, दुई दिनअघि इलाका प्रहरी कार्यालय केशरगन्जमा प्रहरी निरीक्षक जनकराज ढुंगाना बिदा भएर नयाँ प्रहरी निरीक्षक रोशन थापा हाँजिर भइसकेका छन् ।