बसवरिया – मुसहर महिला सशक्तिकरण मञ्च बसवरियाको आयोजनामा बसवरिया गाउँपालिकामा सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित १२ औ अन्तराष्ट्रिय श्रमिक महिला दवसको अवसरमा जनचेतनामुलक ¥यालिको आयोजना गरियो ।
आर्थिक सामाजिक र राजनीतिक रुपमा पिच्छडिएका दलीत समुदायका माझी,मुसहर महिलाहरुले सर्लाहीको बसवरियामा विभिन्न चेतनामुलक सन्देस सहित व्यानर, पर्चा र पम्मप्लेटमा श्रम शोषण बन्दगरौ,जाड रक्सी बन्दगरौ, समान ज्याला कायमगरौ, वालवालिकालाई पढन पठऔं, छुवाछूत बन्दगरौ, भुमिहिन सुकुमबासीहरुलाई जग्गा दिलाउ भन्ने नारा लेखेका प्लेकार्ड सहित नारा लगाउदै गाउँपरिक्रमा गरेका थिए ।
दसौकौ देखी सामाजिक उत्पीडन र शोषणमा परेका मुसहर महिलाहरु पहिलो पटक सयौको संख्यामा न्याय माग्दै सडमा आएका हुन । ¥यालिमा सहभागी समाजसेवी श्यामशंकर झाले बसवरिया गाउँपालिकामा मुसहर महिलाको आयोजनामा यस्तो कार्यक्रम पहिलो पटक भएकोले आफुलाई खुसी लागेको बताए । पहिले पहिले कुनै कार्यक्रममा उपस्थित नहुने मुसहर महिलाहरुले आफैले कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरे ।
बसवरिया गाउँपालिकाको प्रशासन सहायक दुर्गा भट्टराईले हामी महिला भयर पनि हामीले महिला दिवस मनाउन नपाए पनि मुसहर महिलाहरुले कार्यक्रमको आयोजना गरेको मा धन्यवाद दिए । मुसहर महिलाहरु घुम्टो ओडेर घरमा मात्र सिमित हुनुहुन्छ अझै पनि कति दिदी बहिनीहरु घर भित्र सिमित रहेको बताए ।
बसवरिया गाउँपालिको उपमेयर रिना यादबले महिलाको लागी कार्यक्रम संचालन गरेपनि मुसहर समुदायको सहभागीता न्युन रहको बताईन् । सधै घुम्टोले अनुहार छोपेर बस्ने मुसहर महिलाहरु न्याय माग्दै सडकमा आएको पहिलो पटक देखेको बताए । वडा सचिब बिजय किशोर गुप्ताले गाँउपालिकाले मुसहर महिलाहरुलाई लच्छित गरेर कार्यक्रम संचालन गर्नुपर्ने बताए ।
अन्डेफको सहयोग साप नेपालको आयोजनामा सर्लाहीको बसवरिया गाँउपालिका, गाउँपालिकामा संचालित स्थानीय सरकारमा लैगिंक उत्तरदायी सुशासन कार्यक्रम अन्तर्गत गठन गरिएको मुसहर महिला सशक्तिकरण मञ्चका करीव १०० सय जना मुसहर महिलाहरुको सक्रिय सहभागतामा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसको अवसरमा कार्यक्रम आयोजना गरिएको साप नेपालको कार्यक्रम संयोजक जनक कार्कीले बताए । कार्यक्रममा स्थानिय निर्बाचित जनप्रतिनिधहरु, प्रहरी प्रसाशन, नागरीक समाजका प्रतिनिधिहरु,संचारकर्मी र दलित अभियन्ताहरुको उपस्थिति रहेको थियो ।