logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उल्टो पैदलयात्री परियार बागमतीबाट पश्चिम लागे


  • उज्यालो अभियान

बागमती – पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको उल्टो पदयात्रामा निस्किएका ऋषि परियार शुक्रबार बिहान सर्लाहीको बागमतीबाट पश्चिमतर्फ लागेका छन् ।

बुधबार रानीगन्ज आएर बास बसेका परियार बिहीबार लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड हुँदै उल्टो हिँडेरै साँझ बागमती पुगेका थिए । स्वस्थ रहन भन्दै मेचीदेखि महाकालीसम्मको पूर्व-पश्चिम राजमार्गमा उल्टो पैदल हिँडिरहेका दाङ जिल्ला तुलसीपुरका परियारले गिनिज बुकमा नाम लेखाउने उदेश्य लिएका छन् ।

माघ १५ गते मेची पुलदेखि उल्टो हिँडेर आफ्नो यात्रा सुरु गरेका परियारलाई ठाउँ-ठाउँमा मानिसहरुले अबिर, खादा र नगद समेत प्रदान गर्दै सम्मान गर्ने गरेका छन् । उनी हिँडेको ठाउँमा भेला भएर फोटो खिच्ने, टिकटक बनाउनेहरुको भीड लाग्ने भएकाले उनको सुरक्षा र सम्भावित सडक दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले आ-आफ्नो क्षेत्रमा सुरक्षा दिएर अघि बढाउने गरेको छ ।