logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व विषयक अन्तरक्रिया


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको नवलपुरमा बिहीबार स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको अवस्था र भावी कार्यदिशा विषयक राजनीतिक दलका भातृ संगठनका अगुवाहरुसँग अन्तरक्रिया गरिएको छ ।

दलित सरोकार मञ्च नेपाल, सप्तरीको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रियाका सहभागीहरुले स्थानीय तहमा जनसंख्याका आधारमा दलितहरुको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सबै राजनीतिक दलका भातृ संगठनमा आवद्ध दलित अगुवाहरुले पहल गर्ने निर्णय भएको अन्तरक्रियामा सहभागी बहुजन समाज परिषद् नेपालका वरिष्ठ नेता राजाराम पासवानले जानकारी दिए ।

दलित सरोकार मञ्च नेपालका आइटी अफिसर सुनिल सरबरियाको अध्यक्षतामा आयोजित कार्यक्रममा पाटन क्याम्पसका प्राध्यापक डा. बिजय प्रसाद मिश्रले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वको अवस्थाबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

फाेटाे क्याप्सन : कार्यक्रमका सहभागिहरु । (तस्बिर : उज्यालाे अभियान)