जब्दी – लालबन्दी नगरपालिका-३, जब्दी स्थित नहरमा पेस्ताेल सहितकाे झाेला फेला परेकाे छ ।

बागमती सिंचाई आयाेजनाकाे नहर स्थित काँसघारीमा रहेकाे झाेलाकाे चेन खुलै रहेकाले टाढाबाट हेर्दा झाेलाकाे माथि नै नलकटुवा पेस्ताेल देखिएकाे प्रहरीले जनाएकाे छ । झाेला भित्र विद्युतीय तार तथा अन्य पाेकापाेकी जस्ताे देखिने सामान समेत रहेकाले घटनास्थललाई नियन्त्रणमा लिएर छेउछाउ कसैलाई जान नदिईएकाे ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
झाेला शंकाष्पद् देखिएकाले एकिन गर्नका लागि नेपाली सेनाकाे वम डिष्पाेजल टाेली बाेलाईएकाे छ । शंकाष्पद झाेला देखेपछि बुधबार बिहान स्थानियले प्रहरीलाई खबर गरेका थिए ।