logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

वृद्दाश्रममा विभिन्न परिवारद्वारा मिष्ठान्न भोजन


  • उज्यालो अभियान

वृद्धाश्रममा मिष्ठान्न भोजन एवं खाद्यान्न सामग्री सहयोग गर्न पुगेका विनोद महत तथा शंकर खनालका परिवार एवं साथिभाई ।

जुटपानी-सर्लाहीको जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा बिहिबार पनि मनकारी परिवारले मिष्ठान्न भोजन गराएका छन् ।

हरिवन नगरपालिका-८ चापिनी निवासी युवा व्यबसायी विनोद महतले ३६ औँ वर्षमा प्रवेश गरेको अवसरमा बिहिबार बिहान वृद्दाश्रममा आश्रित वृद्दवृद्दालाई मिष्ठान्न भोजन गराएका हुन् । हरिवन बजार स्थित स्माट होम डेकोरका सञ्चालक समेत रहेका महतले सपरिवार वृद्दाश्रममा पुगेर भोजन गराएका थिए । उनी हरिवन जेसिजका अधयक्ष समेत हुन् ।

त्यसैगरि हरिवन नगरपालिका-११, निवासी नेपाल नागरिक अभियानका केन्द्रीय सदस्य शंकर खनालले आफ्नो ३९ औँ जन्मदिनको अवसरमा बिहिबार बिहान आश्रममा विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका छन् । स्थानिय युवा रंजित धमला सहितको टोली पुगेर खाद्यान्न सहयोग गरेका थिए ।

त्यस्तै लालबन्दी नगरपालिका १७ निवासी सुमित्रा देवी भट्टराईले स्वर्गिय श्रीमान रामकृष्ण भट्टराईको स्मृतिमा छोरा, छोरी लगायत परिवारका अन्य सदस्यसहित आश्रममा गएर बिहिबार बेलुकाको भोजन गराउनुका साथै ५ हजार नगद समेत प्रदान गरेको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।