ईलाका प्रहरी कार्यालय केशरगंजको मूलगेटमा सोमबार बिहान विरोध प्रदर्शनमा उत्रिएका व्यवसायीहरुको भिड । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – साेमबार राती सर्लाही आईपुगेका नयाँ प्रमुख जिल्ला अधिकारी(सीडीओे) स्थानेश्वर गाैतमले सर्वपक्षिय बैठक डाकेका छन् ।
ईश्वरपुर घटनाकाे विषयमा छलफल गर्न आज(मंगलबार) बिहान साँढे ९ बजे सर्वपक्षिय बैठक बाेलाईएकाे हाे । गृह मन्त्रालयबाट आएका नयाँ सीडीओ गाैतमले सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमै सर्वपक्षिय बैठक बाेलाएका हुन् ।
आइतवार राती ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना प्रहरीले लुकाउन खाेजेकाे र शंकाष्पद देखिएकाे भन्दै ईश्वरपुरका व्यापारीले साेमबार दिनभर बयलबास बजारमा टायर बालेर विराेध प्रदर्शन गरेका थिए । आक्राेशित समूहले ईलाका प्रहरी कार्यालय केशरगंजमा ढुंगामुढा गर्नुका साथै ईलाका प्रहरी कार्यालय हरिपुरकाे जीपमा आगाे समेत लगाईदिएका छन् । प्रहरीले पनि भिड तितरवितर पार्न साेमबार साँझ अश्रुग्याँस प्रहार गरेकाे थियाे ।
मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको छ । मृतकका आफन्त र स्थानीय अगुवाहरु सोमबार वार्ता स्थल छाडेर हिँडेकाले मंगलबार पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले मृतकका परिवारलाई २० लाख रूपैंया दिनुपर्ने तथा सत्यतथ्य छानविन गरि दाेषिमाथि कार्बाही गर्नुपर्ने माग राखेका छन् । साेमबार प्रमुख जिल्ला अधिकारी नभएकाले प्रहरीले मागका सम्बन्धमा आफुहरुले सिधै सम्बाेधन गर्न नसक्ने बताएपछि प्रदर्शनकारी प्रतिनिधि वार्ता छाडेर हिँडेका थिए ।
बयलवास घटना : एसएसपीको कमाण्डमा थप प्रहरी परिचालन
ईश्वरपुरमा प्रहरीकाे जीपमा आगाे लगाईयाे : प्रहरीद्वारा अश्रुग्याँस प्रहार
प्रहरी भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु भएपछि ईश्वरपुर बजार तनावग्रस्त
प्रहरीले भने रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आफै आएर ठोक्किएको दाबी गरेकाे छ ।