हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, मा सुक्रवार नेपाली कांग्रेसले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीको प्रदेश २ का संसदिय दलका नेता एवं प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवको प्रमुख आतिथ्यता तथा पार्टीकै नेता एवं प्रदेश सरकारका महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अन्य पार्टी परित्याग गरी पन्च लामा, शेरबहादुर जिम्बा, टिके घलान, मानबहादुर वाईवा, देव स्याङ्तान, सुबेस घलान, विवेक मग्राती, बद्री दर्लामीलगायत गरी १८० जना नेपाली कांग्रेसमा प्रवेश गरेका कांग्रेसका युवा नेता हरिवन नगर समितिका सचिब निरोज कार्कीले जानकारी दिए ।
पार्टीका नगर सभापति रामशरण उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधान सभासद् हरेश महतो, नेता रामप्रसाद मैनाली, नेतृ सोनी कुमारी बोम्जन, मैथिली विकास कोषका जीवनाथ चौधरी लगायतको आतिथ्यता रहेको थियो ।