हरिवन – भूमि सम्वन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता लिन माग गर्दै सर्लाहीमा हस्ताक्षर अभियान सुरु गरिएको छ ।
एमाले निकट अखिल नेपाल किसान महासंघ सर्लाहीको आयोजनामा सुक्रवार बिहान हरिवनबाट हस्ताक्षर अभियान सुरु गरिएको हो । अभियानको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले उद्घाटन गरेका हुन् ।
७७ वटै जिल्लामा चल्ने केन्द्रीय कार्यक्रम अनुसार सर्लाहीको हरिवन, लालबन्दी, बयलवास, बरहथवा, मलंगवा लगायतका स्थानमा हस्ताक्षर अभियान चलाइने महासंघका केन्द्रीय सचिव राज कुमार उप्रेतीले जानकारी दिए ।
उप्रैतीले भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको बस्तीमै पुगेर तथा अन्य सरोकारवालाहरुसँग भेट गरी साउन ३२ गतेसम्म हस्ताक्षर संकलन गरिने र सोही दिन जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए ।