logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

माओवादीले जनयुद्वका शहीदको घर बनाइदिने


  • उज्यालो अभियान

बागमतीमा बसेको माओवादी केन्द्र सर्लाहीको बैठक । (तस्बीर : उज्यालो अभियान)

बागमती – नेकपा माओवादी केन्द्र सर्लाहीले जनयुद्वका सर्लाही जिल्लाको पहिलो शहीद इन्द्र कोइरालाको परिवारलाई घर बनाइदिने भएको छ ।

वुधवार जिल्ला कमिटीको बागमतीमा बसेको बैठकले आफ्नो घर नहुँदा माइतीमा शरण लिएर बसिरहनु भएकी कोइरालाको परिवारलाई पार्टीको तर्फबाट घर बनाइदिने निणर्य गरेको हो । त्यसका लागि बागमती नगरपालिकाले जग्गा उपलब्ध गराउने र सो जग्गामा पार्टीले घर निर्माण गरेर हस्तान्तरण गर्ने निणर्य भएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार बैठकले कोइरालाले सहादत प्राप्त गरेको कात्तिक १० गते घर हस्तान्तरण गर्ने गरी निर्माणको काम अघि बढाउने निणर्य गरेको छ । घर निर्माणका लागि सन्देश श्रेष्ठको नेतृत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।

जिल्ला कमिटीको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु प्रल्हाद बुढाथोकी, रामेश्वर राय यादव, अच्यूतम काफ्ले, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा लगायत सहभागी भएका थिए । माओवादी केन्द्रले यसअघि बिरामी परेर थलिएकी नेतृ माया बलको उपचारका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निणर्य गरेको थियो ।

सो निणर्णानुसार नेतृ बलको परिवारलाई एक महिनाको रकम उपलब्ध गराइसकिएको छ ।