logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

माओवादी केन्द्र सर्लाहीद्वारा स्वास्थ्य सामग्री सहयोग


  • उज्यालो अभियान

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उपस्थित माओवादी केन्द्रका नेताहरु । (तस्बिर : फेसबुक)

मलंगवा – नेकपा माओवादी केन्द्र सर्लाहीले आज(मंगलबार) जिल्लाका ५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

पार्टीले जिल्ला अस्पताल मलंगवा, प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी, प्राथमिक स्वास्थ्य केन्द्र हरिपुर, ईश्वरपुर कोभिड अस्पताल र चक्रघट्टा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । पार्टीको केन्द्रीय कमिटी, सर्लाही–काठमाडौं सम्पर्क मञ्च, पार्टीको जिल्ला कमिटी, पूर्वमन्त्री रामेश्वर राय यादव, स्वर्गिय जिल्ला इन्चार्ज डाचाराज वाग्लेको परिवार, सर्लाही–काठमाण्डौं सम्पर्क मन्चका अध्यक्ष सन्तोष दाहाल, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, जिल्ला कमिटी सदस्य बुगली राउत, नेता श्याम श्रेष्ठ लगायतको सहयोगमा पार्टीलाई प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरिएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए ।

हरिपुर, मलंगवा र चक्रघट्टाका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्टे«टर समेत र अन्य स्वास्थ्य संस्थाहरुलाई थर्मल गन, अक्सोमिटर, सेनिटाइजर, ग्लोब्स, पीपीई जस्ता स्वास्थ्य सामग्री प्रदान गरिएको पार्टी जिल्ला सचिव बुढाथोकीले बताए । कोरोना भाइरस संक्रमणको उपचार गरिरहेका अन्य पालिकाका स्वास्थ्य संस्थाहरुलाई पनि भोली(बुधबार) यसैगरी सामग्री उपलब्ध गराइने उनले बताए । स्वास्थ्य सामग्री हस्तान्तरण गर्न पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय यादव, केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी र अच्यूतम काफ्ले लगायतको उपस्थिती रहेको थियो ।