logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हरिवनबाट मालपोत कार्यालयका सुब्बा र लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा


  • उज्यालो अभियान

हरिवन – हरिवनमा रहेको मालपोत कार्यालयबाट केही बेरअघि नायब सुब्बा बेधनिधी बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुससहित पक्राउ परेका छन् ।


लालपूर्जामा नाम सच्याउने प्रयोजनमा सेवाग्राहीसँग ११ हजार रुपैयाँ लिएको घुस रकमसहित उनीहरु दुई पक्राउ परेका हुन् ।

दुवैलाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लाने तयारी अख्तियारले गरिरहेको छ ।