सांकेतिक तस्बिर ।
बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–९ मूर्तिया पैतालिस बिगाहमा सोमवार साँझ मोटरसाइकलको ठक्करबाट वृद्धको ज्यान गएको छ ।
बा ५८ प ४५३१ नम्वरको मोटरसाईकलले सोमवार साँझ ६ बजेतिर ठक्कर दिँदा सोही ठाउँका ७० वर्षीय ज्ञानबहादुर तामाङ गम्भीर घाईते भएका थिए । उनलाई बरहथवा, हरिवन हुँदै थप उपचारका लागि वीरगञ्जतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकलका चालक र पछाडि सवार १७/१८ वर्षका रामनगर गाउँपालिकाको खैर्बाका दुई युवक प्रहरी नियन्त्रणमा छन् ।