logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मेयर प्रसाईले उपचार खर्च बेहोर्दै घाईतेलाई थप ५ हजार दिएर घरसम्म ल्याइदिए


  • उज्यालो अभियान

अस्पतालमै पुगेर घाईतेका आफन्तलाई आर्थिक सहयोग गर्दै मेयर प्रसाई ।

हरिवन – सर्लाहीको हरिवनमा शनिवार सहरी विकास मन्त्री प्रभु साहको गाडीले ठक्कर दिँदा घाईते भएका व्यक्ति आइतवार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजारमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्वरको गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका ३५ वर्षीय फुच्चे तामाङ घाईते भएका थिए । तामाङलाई स्वाभिमान अस्पताल हरिवनमा २४ घण्टा उपचारपछि अवस्था सामान्य रहेको भन्दै चिकित्सकले आइतवार दिउँसो डिस्चार्ज गरेका हुन् ।

शनिवार दुर्घटना लगत्तै अस्पतालमै पुगेर घाईतेलाई भेटेका हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले आर्थिक अवस्था कमजोर रहेका तामाङलाई आइतवार पुनः अस्पताल पुगेर व्यक्तिगत तर्फबाट ५ हजार रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेका हुन् । चिकित्सकले डिस्चार्ज गरेपछि घाईते तामाङलाई मेयर प्रसाईले आफ्नै गाडीमा घरसम्म ल्याइदिएका थिए ।

शनिवार दुर्घटनापछि घाईतेलाई अस्पताल ल्याउनुको साटो फरार भएको भन्दै मन्त्री साहको भने अहिले सर्वत्र आलोचना भइरहेको छ । मन्त्री साहले शनिवार साँझ नै फेसबुकमा स्टाटस लेख्दै घटनालाई अतिरञ्जित गरिएको दावी गरेका थिए ।