बरहथवा नगरपालिकाको कार्यालय ।
बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका र वडा कार्यालयहरु आज एक दिन बन्द हुने भएका छन् ।
वडा नं. १ का वडासदस्य तथा नगरसभा सदस्य रामचन्द्र सहनीको निधनमा आज नगरपालिका कार्यालय, त्यस अन्तर्गतका शाखा र वडा कार्यालयहरु बन्द गरिने भएको हो । सहनीको हिजो बिहान ६४ वर्षको उमेरमा निधन भएको थियो ।
बरहथवाका मेयर देवानन्द महतोले गएसाँझ सूचना जारी गर्दै सहनीको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।