logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हरिपुरमा बहुजन समाज परिषद् नेपालको समिति चयन


  • उज्यालो अभियान

सर्लाहीमा हरिपुरमा बहुजन समाज परिषद् नेपालको शनिवार सम्पन्न भेला ।

हरिपुर – सर्लाहीको हरिपुरमा बहुजन समाज परिषद् नेपालको नगर स्तरीय समिति चयन भएको छ ।

शनिवार सम्पन्न भेलाबाट आशनारायण दासको अध्यक्षतामा ३१ सदस्यीय नगर स्तरीय समिति चयन गरिएको हो । समितिमा सोनिया माझी, कामेश्वर राम, रामवृक्ष महरा उपाध्यक्ष, मंचित दास सचिव, राजकली देवी तत्मा कोषाध्यक्ष, गंगाराम महरा सहसचिव लगायत अन्य सदस्यहरु रहेका छन् ।

भेलामा बहुजन समाज परिषद्का अध्यक्ष हरिनन्दन कुमार रन्जन, वरिष्ठ नेता एवं राष्ट्रिय संगठन प्रभारी राजाराम पासवान, जिल्ला सदस्य शिवदयाल राम लगायतको उपस्थिति थियो । पिछडिएको दलितहरुलाई एकजुट बनाउने उदेश्यसहित यसअघि ईश्वरपुर, मलंगवा, कविलासी, पर्सा, हरिपूर्वा लगायतका पालिकामा परिषद्को पालिका स्तरीय समिति गठन भइसकेको छ ।