logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

विश्वकर्मा पूजाको मूर्ति बिर्सजन गर्न लैजाँदै गर्दा झडप, विवाद मिलाउन जिल्ला प्रहरी कार्यालयमा छलफल चल्दै


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाही

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–३, मा विश्वकर्मा पूजाको मूर्ति बिर्सजन गर्न लैजाँदै गर्दा झडप भएपछि उत्पन्न विवाद मिलाउन छलफल चलिरहेको छ ।

स्थानीय हिन्दु समुदायले बिहिवार सामूहिक रुपमा गरेको विश्वकर्मा पूजाको मूर्ति सुक्रवार बिर्सजन गर्न लैजाँदै गर्दा मुस्लिम समुदायको तर्फबाट अवरोध हुँदा झपड भएको थियो । झडपमा दुवै पक्षका केही मानिस घाईते भएका छन् ।

झडपपछि विश्वकर्मा पूजाको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ । हिन्दु धर्मावलम्वीहरुले हिजो लगेकै बाटो हुँदै नजिकैको पोखरीमा लगेर मूर्ति बिर्सजन गर्ने र मुस्लिम समुदायले त्यो बाटो प्रयोग गर्न नदिने अडान लिएका छन् ।

यही विवाद मिलाउन अहिले जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षका प्रतिनिधिबीच छलफल चलिरहेको हो ।