logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

अपडेट : दशगजामा ल्याएर छाडिएका ९१ जना नेपालीलाई भारततर्फ नै फर्काइयो


  • उज्यालो अभियान

क्याप्सन : कनौली नाकामा ल्याएर छाडिएका नेपाली । तस्बिर : उज्यालो अभियान

मलंगवा – भारतीय सुरक्षाकर्मीले दशगजामा ल्याएर छाडेका ९१ जना नेपालीलाई पुनः भारततर्फ नै फर्काइएको छ ।

भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर ती नेपालीलाई कनौली नाका स्थित लखन्देही खोलामा विहिबार राती छाडिदिएका थिए । त्यसरी छाडिएकामध्ये ९१ जनालाई पुन ः भारततर्फ नै क्वारेन्टाइनमा राख्ने गरी फर्काइएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।
दशगजामा छाडिएकामध्ये २४ जना भने सर्लाहीकै चन्द्रनगर आइपुगेका छन् । उनीहरुलाई अहिले कामद माविको क्वारेन्टाईनमा राखिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताए ।
केही दिनअघि मात्रै भारतबाट आएका चन्द्रनगरका ५० र ईश्वरपुरका ९ जनालाई अहिले क्वारेन्टाईमै राखिएको छ ।